मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सोलुखुम्बुको थामेमा बाढी, हिमताल फुटेको आशङ्का, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा बाढी पसेको छ । स्थानीय बासिन्दाले एक्कासी बाढी पसेको खबर गरेका र बाढी आउनुमा कुनै हिमताल फुटेको हुनसक्ने आशङ्का रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले उज्यालोलाई जानकारी दिए ।

उनले भने  ‘स्थानीय बासिन्दाबाट खबर आएको छ, केही घर बगाएको र केहीमा बाढी पसेको खबर भन्ने छ, हामी त्यसतर्फ गइरहेका छौँ, केही समयमा थप जानकारी आउँछ । यदि हिमताल फुटेको भएमा दूधकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्छ ।’

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले पनि घटनाबारेमा जानकारी आएको तर थप विवरण आउन बाँकी रहेको बताएको छ ।

यसैबीच सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले पनि दूधकोशी नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको छ । गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले थामेमा क्षति भइसकेको जानकारी आएको भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । दूधकोशी गाउँपालिकाअन्तर्गत दूधकोशी तटीय क्षेत्रमा ठूलो बस्ती रहेको छ ।