भक्तपुर । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनापछि फरार रहेका चालक पक्राउ परेका छन् ।
प्रहरीले ना ६ ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
बिहीबार दिउँसो उनले चलाएको ट्रकले बा४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो भने घटनापछि सो क्षेत्र तनावग्रस्त बनेको थियो ।


प्रतिक्रिया