काठमाडौं । अफ्रिकाका केही भागमा मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा समेत व्याख्या गरेको छ।मंकीपक्स एक संक्रामक रोग हो। यसलाई एमपक्स पनि भनिन्छ। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्।
अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूले पनि रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार र उच्च मृत्युदरमा चिन्ता व्यक्त गरेका छन्। डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ।’ यस रोगबाट पीडित १०० मध्ये चार जनाको मृत्यु हुन्छ।


प्रतिक्रिया