मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलहरूले पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : राजेन्द्र लिङ्देन

दलहरूले पूर्वराजा ज्ञानेन्द्रलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : राजेन्द्र लिङ्देन

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पूर्वराजाले खेलको भूमिकालाई बिर्सन नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा लिङदेनले द्वन्द्व सम्झौताबाट टुंगिएको र सम्झौताको एउटा पक्ष पूर्वराजाहरू भएकाले उनीहरूको भूमिकालाई बिर्सन नहुने बताएका हुन्।

शान्ति प्रक्रियामा सहयोग पुर्‍याएवापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई नोबेल शान्ति पुरस्कारका लागि दलहरूले सिफारिस गर्नुपर्ने उनले बताए। त्यस्तै उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुराएसँगै देशमा फेरि कहिल्यै द्वन्द्व दोहोरिन दिन नहुने धारणा राखे। हिंसा जुनसुकै अवस्थामा पनि दण्डित हुन्छ भन्ने स्थापीत गर्नुपर्ने भन्दै उनले सबै मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्ने बताए।

अहिले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विधेयकलाई समर्थन गरेपनि यसका प्रक्रियालाई नियालिरहने उनले बताए।