ललितपुर । ललितपुरको इमाडोलमा सडक भासिएको छ। बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। उनका अनुसार सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ। उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ।
अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरेको एसपी सुवेदीले बताए वडा नम्बर ३ का वडाध्यक्ष कुवेर केसीका अनुसार मंगलबार नै उक्तमा खाल्डो पर्न थालेको थियो। यद्यपि गएराति परेको पानीले थप क्षति पुर्याउँदा भ्वाङ परेको हो।
‘मैले बिहा न ६ बजेतिर थाहा पाएँ। त्यहाँ नजिकै मंगाल पनि छ। त्यहीँबाट बगाएर लगेको हुँदा क्षति पुगेको हुनसक्छ,’ उनले भने।


प्रतिक्रिया