काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ ।
मंगलबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । हिजो १लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउले नयाँ रेकर्ड राखेको थियो । यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले घटेको छ । हिजो १७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १७ सय ३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया