मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रीहरुलाई गगन थापाको सुझाव- भदौ १ महिनाका लागि मौनब्रत लिइदिनुहोस्

मन्त्रीहरुलाई गगन थापाको सुझाव- भदौ १ महिनाका लागि मौनब्रत लिइदिनुहोस्

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्रीहरुलाई एक महिना नबोल्न सल्लाह दिएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले काम गर्ने ठाउँमा गएर ‘यसो गर्छु र उसो गर्छु’ भन्नुभन्दा गरेर देखाउनु उपयुक्त हुने बताएका छन्।

उनले भने, ‘नियत राख्नुभयो। इच्छाशक्ति भयो काम हुन्छ। साउन महिना, ब्रतको महिना सकियो। अब तपाईंले ब्रत लिइदिनुहोस्। भदौ १ महिना उद्घाटन नगर्ने ब्रत । नबोल्ने ब्रत। गर्ने ठाउँमा भएकोले गर्ने हो, बोल्ने होइन। बोल्ने ठाउँमा हामी छौं।

हरेक मन्त्रीले भाषणमा यस्तो गर्छु र उस्तो गर्छु भन्ने सुनेको बताउँदै भन्ने भन्दा गर्नमा जोड दिन भनेका हुन्। उनले थपे,  ‘मन्त्रीज्यूको भाषण सुनिन्छ- हामी देश विकास गर्छौं । गर्नुहोस् न। राम्रोसँग काम गरिदिनुहोस्। तपाईंको कामबारे हामी यहाँ बोल्छौं । टेबल ठटाउँछौं।’