मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

न्यूजस्टोरी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त हुनुभएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । 

उहाँले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रूपमा काम गर्नुभएको थियो । तत्कालीन सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले सरकार फेरिएसँगै पदबाट राजीनामा दिनुभएको थियो । शाहीले राजीनामा दिएपछि जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ ।