मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपन सेसन: १५.६४ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसन: १५.६४ अंकले बढ्यो नेप्से

न्यूजस्टोरी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक १५.६४ अंकले बढेको छ। योसँगै सूचक २८७६.४८ विन्दुमा आएको छ।

यस अवधिमा २ करोड ६५ लाख भन्दा बढीको सेयर कारोबार भएको छ। १ सय २१ कम्पनीको ६४ हजार २३४ कित्ता सेयर कारोबार भएको छ।

यस सेसनमा कुल ८० कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ। कुल ४४५ वटा कारोबार भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।