मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा मुसलधारे वर्षा : सावधानी अपनाउन आग्रह

काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा मुसलधारे वर्षा : सावधानी अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाडौं, २७ साउन । काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा मुसलधारे पानी परेको छ । सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सर्लाहीलगायतका जिल्लामा रातिदेखि नै र काठमाण्डौ उपत्यकामा बिहानपख ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर मकवानपुर र आसपासमा भएको वर्षाले लाल बकैया खोला, ढुधारा खोला, पूर्व राप्ती नदी र यसका सहायक खोलामा आकस्मिक बाढीको जोखिम भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै सिन्धुपाल्चोक र काठमाण्डौ उपत्यकाका नदी किनारमा पनि सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले कोशी प्रदेशका सोलुखुम्बु, सङ्खुवासभा, धनकुटालगायतका जिल्लासहित बागमती र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । आज दिउँसो पनि कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।