मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

न्यूजस्टोरी

एजेन्सी । ब्राजिलको साओ पाउलोमा एक विमान दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको छ ।

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलो सहरका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खस्दा विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।जहाज आवासीय भवनको कम्पाउन्डमा खसेको र स्थानीयलाई भने केही नभएको जनाइएको छ । तर जहाजमा रहेका कसैलाई पनि जीवितै उद्धार गर्न नसिकएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ ।

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका परिवारप्रति समवेदना प्रकट गरेका छन् । विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन ।