मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले अवरुद्ध बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

पहिरोले अवरुद्ध बेनी–दरबाङ सडक एकतर्फी सञ्चालन

न्यूजस्टोरी

काठमाडौं, २६ साउन । पहिरोले अवरुद्ध म्याग्दीको बेनी–दरबाङ सडक एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा हिजो बेलुका सडक माथिबाट पहिरो खसेको थियो ।

पहिरो हटाएर अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी राजन रायमाझीले जानकारी दिनुभयो । सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको छ ।

पश्चिम म्याग्दीका तीन वटा पालिकासँगै बाग्लुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउने भिर, बाङ्गेभिर, लाम्पाटादेखि रणबाङका क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।