मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका चूडामणि शर्मा डिल्लीबजार कारागार चलान

न्यूजस्टोरी

काठमाडौं, २६ साउन । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्मा डिल्लीबजार कारागार चलान भएका छन् । बिगो रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् ।

विशेष अदालतले तोकेको ४ अर्ब १० करोड ४६ लाख रुपैयाँ रकम बुझाए उनले थुना बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । बिगो रकम बुझाउन नसकेमा भने सर्वोच्चबाट मुद्दाको अन्तिम किनारा लाग्नुअघि थुनामै बस्नुपर्छ ।

शर्मा गएको बुधवार सर्वोच्च अदालतमा पुनरावेदन गर्न उपस्थित भएका थिए । कर फर्छ्योट आयोगमा छँदा व्यापारीलाई ठूलो रकम छूट दिएको प्रकरणमा शर्मा दोषी ठहर भएका थिए ।