मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे गरेर जीप चलाउँदा दुर्घटना हुँदा एकको मृत्यु, छ घाइते 

मापसे गरेर जीप चलाउँदा दुर्घटना हुँदा एकको मृत्यु, छ घाइते 

न्यूजस्टोरी

डडेल्धुरा । डडेलधुरामा जीप दुर्घटना भएको छ । बिहीबार दिउँसो डडेलधुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो। सदरमुकामबाट गन्यापधुरा गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गन्यापधुरा ३ गौलीगाउँका ४५ वर्षीय कृष्ण  भुलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए ।

घाइतेमध्ये ६४ वर्षकी ईश्वरीदेवी बिष्टलाई थप उपचारका लागि धनगढी पठाइएको छ । अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।  जीप अनियन्त्रित तथा चालकले मापसे गरेको भेटिएकोसमेत प्रहरीले जनाएको छ । चालक सोही स्थानकै ४५ वर्षीय शेरबहादुर बिष्टलाई नियन्त्रणमा लिइएको छ ।