मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानुन समितिबाट टीआरसी विधेयक पारित, आगामी संसद बैठकमा पेश हुने

कानुन समितिबाट टीआरसी विधेयक पारित, आगामी संसद बैठकमा पेश हुने

न्यूजस्टोरी

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिबाट टीआरसी विधेयक पारित भएको छ।

आज समितिको सभा कक्ष, सिंहदरबारमा बसेको बैठकबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो।

समिति बैठकमा सभापति विमला सुवेदीले विधेयक समितिको मस्यौदा प्रस्तुत भएकै रुपमा सर्वसम्मत पारित भएको जानकारी गराइन्।

उनले यो विधेयक आगामी संसद बैठकमा पेश गर्ने व्यवस्था मिलाउन सभामुखसमक्ष आग्रह गरिने बताइन्। उनले यो विधेयक नेपाली जनताले प्रतिक्षा गरेकाले महत्त्वपूर्ण रहेको बताइन्। सोक्रममा उनले स्वर्गीय नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङलाई समेत स्मरण गरिन्।