मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा खानेपानीको जारको मूल्य अधिकतम ४७ रुपैयाँ, धेरै लिए कारबाही

काठमाडौंमा खानेपानीको जारको मूल्य अधिकतम ४७ रुपैयाँ, धेरै लिए कारबाही

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको पाइएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सूचित गराएको हो । 

खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौतागरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् । विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर)को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।

यी मूल्यभन्दा फरक पर्नेगरी होटल/रेस्टुरेन्टसँग सम्झौतागरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानूनअनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

हेर्नुहोस् सूचना :

null