बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१०, आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ । सात वर्षीया मधु बुढा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा पहिरोमा बेपत्ता छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ ।
पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी ६ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अरूको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् ।
पहिरोमा परी १० जना गम्भीर घाइते भएका थिए । तीमध्ये काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया संगीता बुढाको उपचार भइरहेको छ ।


प्रतिक्रिया