मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

न्यूजस्टोरी

काठमाडौं, २४ साउन । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको पनि महाशाखाले जनाएको छ ।

यसको प्रभावले कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरुमा रातिदेखि नै हल्का पानी परेको छ । आज राति पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।