मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा पत्रकार कल्याण कोषको स्थापना

पर्सामा पत्रकार कल्याण कोषको स्थापना

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, २३ साउन । पर्सामा संचारकर्मीहरूको भेलाले पत्रकार कल्याण कोष स्थापना गरेका छन् ।
वीरगन्जमा बुधवार पर्साका सन्चारकर्मीहरुको बसेको एक भेलाले पत्रकार कल्याण कोषको स्थापना गरेको हो ।
सन्चारकर्मीहरुको उक्त भेलाले कोषको शुरुवात हाल ५० जना पत्रकारहरूले मासिक १ हजार रुपैयाँ जम्मा गरेर कोष स्थापना गरेका हुन् ।

यो कोषले संचारकर्मीहरूको आर्थिक, स्वास्थ्य र अन्य आवश्यकताहरूमा सहयोग पुर्‍याउने उद्देश्य राखेर यो कोषको स्थापना गरेको नेपाल पत्रकार महासंघ मधेश प्रदेशका माहा सचिव श्याम वनजाराले बताउनुभयो । सञ्चारकर्मीहरूको हितमा काम गर्ने यो कोषले समस्यामा परेका पत्रकारहरूलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव बन्जाराले बताउनुभयो ।

नवगठित कोषमा अध्यक्ष निरञ्जन मिश्र रहनुभएको छ भने, अन्य सदस्यहरूमा धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, राजन रौनियार, एस.के.चौरसिया, र किरण सत्याल रहेका छन् ।

कोषको स्थापना र यसको संचालनमा यसले महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसि लामिछानेले बताउनुभयो ।
कोषमा निरञ्जन मिश्र, श्याम बन्जारा, केसि लामिछाने‌, लालबाबु शेख, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम,कुवेरचन्द्र गौतम, शेखर छत्कुली, राजु श्रेष्ठ, अच्युत पौडेल, पुष्पराज तिम्लसिना, बिनोद परियार, धनन्जय मिश्र, शिवशंकर साह, राकेश साह, आरोहन साह, एस.के. चौरसिया, राजन रौनियार, अखिलेश प्र। साह, राजु साह, आनन्द पटेल, रश्मिराज भण्डारी, आकाशराज भण्डारी, प्रियंका कुमारी, शेख अजाद, शैलेश कुशहवा, मुस्कान श्रेष्ठ, याशिका गुप्ता, प्रतीक्षा श्रेष्ठ, दिपेन्द्र विसी, सुवास राम, युवराज खड्का, भगवान कुर्मी लगायत रहनुभएको छ । त्यस्तै, कोषमा कविता खड्का, राम प्रवेश साह, लक्ष्मी खरेल, कन्हैया गुप्ता, , जगरनाथ साह, रवि वर्णवाल, संजय साह, उर्मिला सापकोटा, कृष्ण यादव, कृष्ण खनाल, उतम खड्गी, शशी विचित्र लगायत ५० सदस्यीय रहने कोषका अध्यक्ष निरन्जन मिश्राले जानकारी दिनुभयो । यो कोषको उदेश्य भनेको पर्सामा रहेका पत्रकारहरुलाई समस्या परेको अवस्थामा सहयोग गर्न स्थापना गरिएको हो ।