मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलाले स्कुल बस बगाउँदा ११ विद्यार्थी घाइते

खोलाले स्कुल बस बगाउँदा ११ विद्यार्थी घाइते

न्यूजस्टोरी

सुर्खेत । खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिकास्थित इत्राम खोलाले स्कुल बस बगाउँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

देउती विद्या सदन (डिभी निकेतन)को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाउँदा ११ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेमध्ये पाँच बालिका र छ बालक छन् । विद्यार्थीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । बाँकीको देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।