मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मी अपडेट : पहिरोले २ घर पुरिदा ४ जनाको मृत्यु २ जना घाइते

गुल्मी अपडेट : पहिरोले २ घर पुरिदा ४ जनाको मृत्यु २ जना घाइते

न्यूजस्टोरी

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ बिसौनामा पहिरोले २ वटा घर पुरिएर  ४ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको   जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो । मंगलबार बिहान घरमाथीबाट लेदो सहितको पहिरोले बिस्णु बिकको घर र हुकुम बिकको घर पुरिएको प्रहरीले जनाएको छ ।

वेपत्ता भएकाहरुको खोजी कार्यको लागि प्रहरी र स्थानीय परिचालन भएको प्रहरीले जनाएको छ । पहिरोले वेपत्ताको खोजी कार्याको लागि प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको कमाण्डमा ४ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

क्षतिको बिबरण आउन बाकी रहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । गएरातीबाट गुल्मीमा वर्षात भइरहेकाले उद्धारमा समस्या भइरहेको छ ।