काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हरियार प्रहार भएको छ । सोमबार क्याम्पसको हाताभित्रै पठनपाठन भइरहेको बेला उपसभापति मिश्रलाई अखिल क्रान्तिकारीका इकाई अध्यक्ष एवं स्ववीयु सचिव गणेश पौडेलले धारिलो हतियार प्रयोग गरेको नेविसंघ दाङका अध्यक्ष कुलराज पोख्रेलले आरोप लगाएका छन् ।
मिश्रमाथि पौडेलले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको पोख्रेलको आरोप छ । उनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
पोख्रेलले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । शैक्षिक संस्थाभित्र विद्यार्थीहरूलाई पठनपाठनका लागि सुरक्षाको प्रत्याभूत गराउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
सांघातिक आक्रमणबाट घाइते भएका मिश्रको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


प्रतिक्रिया