मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन  दूतावासको आग्रह

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन  दूतावासको आग्रह

न्यूजस्टोरी

काठमाडौँ । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो ।  दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । 

त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ । 

suchana