मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

न्यूजस्टोरी

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरूको सरकार समर्थकहरूसँग हिंसात्मक झडप हुँदा ९० जनाभन्दा धेरैको ज्यान गएको छ । लाठी, चक्कु र बन्दुक प्रयोग भएको झडपमा झण्डै दुई सय जना घाइते भएका बीबीसीले जनाएको छ ।

यसअघि सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्धको विद्यार्थी प्रदर्शन हिंसात्मक हुँदा दुई सयभन्दा धेरैको ज्यान गएको थियो । यो प्रदर्शन प्रधानमन्त्री हसिनाले आफ्नो १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्ति भएको प्रतिक्रिया दिनुभएको थियो ।

विद्यार्थी प्रदर्शनलाई सेनाले केही समयका लागि मथ्थर बनाए पनि सरकार विरोधी प्रदर्शन फेरि चर्किएको छ । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास तथा रबरको गोली हान्नु परेको अवस्था छ । केही पूर्वसैन्य अधिकारीहरू विद्यार्थी आन्दोलनमा सहभागी भएका छन् ।

यसैबीच, बङ्गलादेशका विभिन्न शहरमा आन्दोलन थप चर्किएपछि भारतीय उच्चायोगले आफ्ना नागरिकका लागि सचेत रहन भन्दै सूचना निकालेको छ । उनीहरुलाई त्यहाँ रहेको उच्चायोगको कार्यालयको सम्पर्कमा निरन्तर रहिरहन आग्रह गरिएको छ ।