सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चारजना मन्त्रीले आज आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन्।
८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसको भागमा परेको छ। कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसद्बाट विश्वासको मत लिने भएका छन्। केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही गठबन्धनको सरकार बनेको हो।


प्रतिक्रिया