मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा आज नयाँ सरकार गठन, कांग्रेसका शाह मुख्यमन्त्री बन्दै

सुदूरपश्चिममा आज नयाँ सरकार गठन, कांग्रेसका शाह मुख्यमन्त्री बन्दै

न्यूजस्टोरी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा लिएपछि प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउन लागेको हो ।

त्यसका लागि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो ।

सोहीअनुसार आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दाबीमा एमालेले पनि समर्थन गर्नेछ । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

त्यसबारे औपचारिक निर्णय गर्न कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ ।