मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिकबाट कमला ह्यारिस उम्मेदवार चयन

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिकबाट कमला ह्यारिस उम्मेदवार चयन

न्यूजस्टोरी

काठमाडौँ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस आगामी राष्ट्रपति पदका लागि औपचारिक रूपमा डेमोक्रेटिक उम्मेदवार चयन भएकी छिन् ।

ह्यारिसले शुक्रबार दिउँसोसम्म २ हजार ३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।

योसँगै उनले चार हजार डेमोक्रेटिक डेलिगेट्समध्ये उम्मेदवार बन्नका लागि आवश्यक मत कटाइसकेकी छन् । बिहीबारबाट सुरु भएको उम्मेदवार छनोटको मतदान सोमबार समाप्त हुनेछ ।

राष्ट्रपति उम्मेदवारको रूपमा छनोट हुने ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । अब उनले नोभेम्बर ५ मा हुने आम चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सामना गर्ने छिन् । ५९ वर्षीया ह्यारिसको जन्म क्यालिफोर्नियाको ओकल्यान्डमा भएको थियो र पार्टीको लगभग २०० वर्षको इतिहासमा पश्चिमी राज्यबाट आउने उनी पहिलो डेमोक्रेटिक उम्मेदवार हुन्।

अगस्ट २२ मा शिकागोमा हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारी स्वीकार गर्ने जनाइएको छ । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट पछि हट्दै कमला ह्यारिसलाई समर्थन गरेका थिए ।

डेमोक्रेटिक पार्टीका अधिकांश प्रतिनिधिबाट समर्थन पाएको घोषणापछि ह्यारिसले अमेरिकाको राष्ट्रपतिका लागि डेमोक्रेटिक उम्मेदवार बन्न पाउँदा आफूलाई गर्व लागेको बताइन् ।