मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ 

प्रधानमन्त्रीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ 

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष उनीहरूले शपथ लिएका हुन् ।

शपथ लिनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णवबहादुर तामाङ छन् ।

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली गत असार ३० मा नियुक्त थिए ।