मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको हल्दिबारीमा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गयो

झापाको हल्दिबारीमा गाडी दुर्घटना हुँदा २ जनाको ज्यान गयो

न्यूजस्टोरी

झापा । झापाको हल्दिबारीको हुलाकी राजमार्गमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुवै जनाको ज्यान गएको छ । दुर्घटनामा हल्दिबारी गाउँपालिका–५ का मोटरसाइकल चालक ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई बिर्तामोडको बीएण्डसी अस्पातालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । भ्यानका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले पक्राउ गरेको छ ।