मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय परिचयपत्रको तस्बिर खिचाउँदा अब गरगहना फुकाल्न र सिन्दुर पुछ्न नपर्ने

राष्ट्रिय परिचयपत्रको तस्बिर खिचाउँदा अब गरगहना फुकाल्न र सिन्दुर पुछ्न नपर्ने

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय परिचयपत्रको तस्बिर खिचाउँदा गरगहना फुकाल्न र सिन्दुर पुछ्न नपर्ने भएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मातहतका निकायलाई परिपत्र गर्दै चार बुँदे निर्देशन दिएसँगै गरगहना फुकाल्नुपर्ने र सिन्दुरसमेत पछ्नुपर्ने झन्झट हटेको हो ।

चार बुँदे निर्देशनको पहिलो बुँदामै सिन्दूर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने भनिएको छ। यस्तै अन्य बुँदा मातहतका कर्मचारी र उनीहरूको प्रयोजनका लागि रहेको छ। यसअघि राष्ट्रिय परिचयपत्रको फोटो खिचाउँदा टोपीसहित नाक, कान र घाँटीमा लगाएका गरगहना फुकाल्न लगाउनुका साथै महिलाहरूलाई मेकअप र सिन्दुर समेत पुछ्न लगाउने गरिएको थियो। यद्यपि विभागकी सूचना अधिकारी अम्बिका खत्री भने यसअघि पनि गरगहना फुकाल्न र सिन्दुर पुछ्न नलगाएको दाबी गर्छिन्।

उनी भन्छिन्- ‘यसअघि पनि सामान्य गरगहना फुकाल्न र सिन्दुर पुछ्न हामीले भनेका छैनौँ। अनुहारको आकृति नै छोपिने अवस्थामा मात्र गरगहना फुकाल्न लगाएका हौँ।’