मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जेन्टिनी विंगर रोममा

अर्जेन्टिनी विंगर रोममा

न्यूजस्टोरी

रोमाले अर्जेन्टिनाका विंगर माटियास सउलेलाई अनुबन्ध गरेको छ।

रोमाले युभेन्टसबाट २१ वर्षीय विंगरलाई अनुबन्ध गरिएको हो। तर, आर्थिक विवरण र सम्झौताको अवधि खुलाइएको छैन।सन् २०२१ मा युभेन्ट्समा आबद्ध भएका सउलेले गत सिजन फ्रोसिनोनमा लोनमा बिताएका थिए। उनले ३९ खेलमा ११ गोल गरे। उनले सन् २०२३ को यु–२० विश्वकपलगायत युवास्तरमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका छन्।

उनले १८ नम्बरको जर्सी लगाउनेछन्।