मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीको बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

म्याग्दीको बाङ खोलाको बाढीले ३ वटा पुल बगायो

न्यूजस्टोरी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा बाढीले तीन वटा पुल बगाएको छ । वर्षाका कारण गाउँपालिकाको केन्द्र रहेको मुना बाङ खोलामा आएको बाढीले एउटा झोलुङ्गेसहित तीन वटा पुल बगाएको स्थानीयवासी बुद्धिमान शेरपुञ्जाले जानकारी दिनुभयो ।

अत्यधिक पानी परेपछि खोला थुनिएको थियो । झोलुङ्गे पुल बगाएपछि मुनादेखि लुलाङ जाने बाटो पूर्ण अवरुद्ध भएको छ । बाढीले दरखोला लघुजलविद्युत् आयोजनाको आठ वटा पाइपसमेत बगाएको छ ।

यस्तै मुनाकै घट्टेखोलामा आएको बाढीले स्थानीयवासी रेशम भण्डारी र धनबहादुर पाण्डेको घरमा क्षति पुर्‍याएको धवलागिरि–३ मुनाका वडाध्यक्ष देविन्द्र रोकाले जानकारी दिनुभयो ।