काठमाडौँ । रास्वपाका सांसद मनिष झाले पोखरामा दुर्घटना भएको यती एयरको जहाजको ककपिटको भ्वाइस रेकर्ड छ्यापछ्याप्ती पाइएकोमा ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा उनले कानुनअनुसार कारबाहीको समेत माग गरे ।
‘१ माघ २०७९ मा भएको यती एयरको ककपिटको भ्वाइस रेकर्ड सामाजिक सञ्जालमा छयापछ्याप्ती पाइन्छ । यो कानुनले दिँदैन तर कसरी बाहिर आयो रु सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । कडाइका साथ कारबाही होस्,’ उनले भने ।


प्रतिक्रिया