मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

न्यूजस्टोरी

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री लामाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लानेका हुन् । उनी यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशसभामा नेपाली काँग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । जसमध्ये लामा काँग्रेस र एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन् ।