मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि कृष्णमान प्रधानले फिर्ता लिए नाम

सुनुवाइ समितिले अनुमोदन नगर्ने भएपछि कृष्णमान प्रधानले फिर्ता लिए नाम

न्यूजस्टोरी

9काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।संसदीय सुनुवाइ समितिले प्रधानको उच्च नैतिक चरित्र नदेखिएको भन्दै उनलाई अनुमोदन नगर्ने अवस्था देखा परेपछि प्रधानले नाम फिर्ता लिएका हुन् ।

संवैधानिक परिषद्ले निर्वाचन आयुक्तमा सिफारिस गरेका प्रधानका विरूद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेको थियो । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफलसमेत गरेको छ । `आफूले नाम फिर्ता लिने लिखित प्रस्ताव तयार पार्न समय लाग्ने भएकाले समितिको बैठक केही पर सारिदिन आग्रह गरेका थिए ।

त्यसैले बिहान साढे ११ बजे बोलाइएको बैठक अपरान्ह ५ बजेका लागि सारिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बस्ने तयारी छ ।