मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीबी राईसहित १८ जना सहकारी सञ्चालकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन

जीबी राईसहित १८ जना सहकारी सञ्चालकलाई स्वदेश ल्याउन सरकारलाई निर्देशन

न्यूजस्टोरी

काठमाडौं । काठमाडौं । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेशमा ल्याउनका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । उनीहरूमाथि सोधपुछ गरेपछि मात्र निष्कर्षमा पुगिने समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ । यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं । यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’ उनले भने ।

साथै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको उनले बताए ।