मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा स्कुल बस दुर्घटना : एकको मृत्यु, २९ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना : एकको मृत्यु, २९ जना घाइते

न्यूजस्टोरी

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक र २० जना विद्यार्थी घाइते भएका छन् । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेको प्रहरीले जनाएको छ ।

बसमा चालक, सहचालक र विद्यार्थी गरी २२ जना सवार थिए । बसमा रहेका विद्यार्थी र चालक पनि घाइते भएको सुवेदीले बताए । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।