काठमाडौं । बालाजुमा एटीएम मेसिन फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु चोकमा रहेको एटीएम मेसिन फुटाउने क्रममा रौतहटको यमुनामाई गाउँपालिका–१ घर भएका १८ वर्षिय राधेश्याम बैठा पक्राउ परेका हुन् ।
आइतबार माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गर्दा प्रहरीले उनलाई समातेको हो । प्रहरीले बैठाको साथबाट फलामको रड पनि बरामद गरेको छ । प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया