काठमाडौं । अस्पतालको लापर्वाहीले १७ वर्षीय युवकको मृत्युको भन्दै आक्रोसित आफन्त र साथीहरुले ढुंगामुढा र तोडफोड सुरु गरेपछि स्थिति तनावपूर्ण भएको छ ।
सामान्य अवस्थामा उपचारका लागि ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको हो । आफन्तहरुले अस्पतालको लापरवाहीका कारण युवाको मृत्यु भएको भन्दै आफन्तले ढुंगामुढा गर्न थालेपछि नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर विष्टका अनुसार अस्पताल बाहिर जम्मा भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही थान अश्रुग्यास प्रहार गर्नुपरेको हो । अस्पतालले मृतकका आफन्तसँग वार्ता गरे पनि कुरा मिल्न सकेको छैन् । आफन्तले मृतकको शब बुझ्न अस्वीकार गर्दै आएको छ । उनीहरुले उपचारमा संलग्न चिकित्सकमाथि कारवाही हुनुपर्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने अडान राखेका छन् ।
जन्डिसको समस्याको उपचारका लागि साउन ७ मा नोभा अस्पतालमा भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो । उनको स्थिति जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगञ्ज लैजान खोज्दा मृत्यु भएको जनाइएको छ ।


प्रतिक्रिया