काठमाडौँ । गौशाला- २६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडी बढाउन निवेदन दिएकी छन् ।
गौशाला- २६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडी नबढाउन निवेदन दिएकी हुन् । गौशाला- २६ ले आफूलाई मानसिक रूपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्रामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् ।
उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफूलाई मानसिक रूपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।


प्रतिक्रिया