मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सौर्य जहाज दुर्घटना : पाँच जनाको शव आफन्तले बुझे, केहीले मानेनन्

सौर्य जहाज दुर्घटना : पाँच जनाको शव आफन्तले बुझे, केहीले मानेनन्

न्यूजस्टोरी

काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेमध्ये पाँच जानाको शव आफन्तले बुझेका छन् । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट मृतकका आफन्तले शव बुझेको अस्पताल प्रशासनले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाउने उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र को(पाइलट सुशान्त कटवालका परिवारले आज शव बुझेको जनाइएको छ । बाँकी मृतकका परिवारले भने बीमा तथा क्षतिपूर्तिलगायतका माग पूरा नभएसम्म शव नबुझ्ने अडान राख्दै आइका छने ।

विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्य घाइते भएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।