मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध

न्यूजस्टोरी

रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए।

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। उनले बाटो खोल्ने प्रयास जारी रहेको बताउँदै पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना रहेको जानकारी दिए।