मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमान दुर्घटनामा नाबालक छोरा अधिराजसँगै बिते मनुराज र प्रिजा

विमान दुर्घटनामा नाबालक छोरा अधिराजसँगै बिते मनुराज र प्रिजा

न्यूजस्टोरी

काठमाडौं । बुधबार बिहान पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बितेका मनुराज शर्मा र प्रिजा खतिवडा श्रीमान्–श्रीमती हुन् भने नाबालक अधिराज उनीहरूका छोरा हुन् । प्रिजा राजविराजका पत्रकार एवं समाजवादी प्रेस संगठनका संस्थापक केन्द्रीय उपाध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । उनी ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् । प्रिजाका श्रीमान् मुनराज प्राविधिक हुन् । उनी सौर्य एयरलाइन्समै कार्यरत थिए वा हायर गरिएका हुन् भन्ने खुलेको छैन । एयरलाइन्सले सार्वजनिक गरेको विवरणमा उनलाई आफ्नो कर्मचारी भनेको छ ।

परीक्षण उडानका लागि पोखरा जान लागेको विमानमा मनुराजले प्रिजालाई पनि सँगै लैजान खोजेका थिए । प्रिजा छोरासहित आएकी थिइन् । अधिराज उनीहरूका एक मात्र छोरा थिए । उक्त दुर्घटनामा परेकी प्रिजा एक मात्र महिला पनि हुन् ।