मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीको मुख्यमन्त्री चयनले एमालेमा विवाद, गिरीले दिए दलको नेताबाट राजीनामा

लुम्बिनीको मुख्यमन्त्री चयनले एमालेमा विवाद, गिरीले दिए दलको नेताबाट राजीनामा

न्यूजस्टोरी

काठमाडौं । नेकपा एमाले, लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री नियुक्तिलाई लिएर रुष्ट गिरीले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गिरीले पार्टीको भागमा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुचि देखाएका थिए । संसदीय दलका नेता भएकाले उनको दाबी स्वाभाविक पनि थियो । तर पार्टीले उनलाई रोकेर दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि एमालेभित्र विवाद उत्पन्न भएको छ ।

स्रोतका अनुसार, एमाले महासचिव शंकर पोखरेलको हस्तक्षेपमा गिरीलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएको हो ।
आफूलाई रोकेर आचार्यलाई मुख्यमन्त्री बनाइएपछि उनले त्यसको असन्तुष्टि बुधबार बिहान आयोजित मुख्यमन्त्रीको शपथ कार्यक्रममा सहभागी नभएर देखाएका थिए ।

स्रोतका अनुसार, शंकर पोखरेलले हस्तक्षेप गरेर आचार्यलाई मुख्यमन्त्री बनाएपछि सो पार्टीभित्र दुई धार देखिएको छ ।