मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी सरकार : कांग्रेसबाट रोज राणा, एमालेबाट भूमिश्वर ढकाल र दिनेश पन्थी दोहोरिए

लुम्बिनी सरकार : कांग्रेसबाट रोज राणा, एमालेबाट भूमिश्वर ढकाल र दिनेश पन्थी दोहोरिए

न्यूजस्टोरी

काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र ८ मन्त्रीहरूले शपथ लिएका छन् । बुधबार बिहान बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरूलाई शपथ दिलाएका हुन् ।

लुम्बिनी सरकार स् कांग्रेसबाट रोज राणा, एमालेबाट भूमिश्वर ढकाल र दिनेश पन्थी दोहोरिए कांग्रेसका ४ र एमालेका ४ मन्त्रीले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको हो ।

एमालेबाट मुख्यमन्त्री चेतनारायण आचार्य र मन्त्रीहरूमा भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारू र सीता शर्मा चौधरीले शपथ लिएका छन । त्यस्तै कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा९रोज राणा०ले शपथ लिएका छन् ।

कांग्रेसबाट थापा र एमालेबाट ढकाल र पन्थी मन्त्रीमा दोहोरिएका छन् । अन्य ५ मन्त्री नयाँ अनुहार हुन् । कांग्रेसले ५ जना मन्त्री पठाउने तयारी गरे पनि प्रमुख सचेतकसमेत रहेका बर्दियाका जन्मजय तिमिल्सिना मन्त्रीमा अटाएनन् । ८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जनाको समर्थनमा सरकार बनेको हो । १२ मन्त्रालयमध्ये कांग्रेसलाई एक र बाँकी २ मन्त्रालय साना दलका लागि राखिएको छ ।