मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ

न्यूजस्टोरी

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।

शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ। नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नम्बर १ ९१० बाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधार २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। ८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।
एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुने चर्चाका बीच पार्टी केन्द्रले आचार्यलाई