मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई दलबीच मन्त्रालय भागबण्डा टुंगियो, बागमतीले आज मुख्यमन्त्री पाउने

दुई दलबीच मन्त्रालय भागबण्डा टुंगियो, बागमतीले आज मुख्यमन्त्री पाउने

न्यूजस्टोरी

काठमाडौं । बागमती प्रदेशले मंगलबार नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंह लामा मंगलबार आज मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुखले पनि आजै नियुक्त गर्ने तयारी छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएसँगै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

दुई दलबीच मन्त्रालय भागबण्डामामा सहमति जुटेपछि लामाले आज दाबी पेश गर्ने भएका हुन् । बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने कांग्रेस सांसद रामकृष्ण चित्रकारले बताए । शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन आजसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने भएको छ ।दुवै दलले आज मन्त्रीहरुको नाम टुंगो लगाएर भोलि बुधबार मुख्यमन्त्रीसहित १३ मन्त्रीहरुको एकै पटक सपथ गराउने गरि गृहकार्य भइरहेको नेताहरुले बताएका छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले दुवै दललाई मन्त्री चयनमा भने सकस भइरहेको छ ।