काठमाडौं । दाङ-लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले दल उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसंगै आज मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी छ।
‘मुख्यमन्त्रीमा दल उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय अनुसार आज दावी पेश हुदैछ’प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने,‘केन्द्रको निर्णय अनुसार मुख्यमन्त्रीमा दल उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने कुरा भएको छ। हामी त्यसको तयारीमा छौं।’
यस अघि संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री बन्ने जानकारी गराइएपनि अन्तिममा आएर मुख्यमन्त्रीको उम्मेदवार फेरिएको छ। आचार्यको नेतृत्वमा सरकार बनाउने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक चौधरीले जानकारी दिएका छन्।
अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। त्यसपछी एमाले दल नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भए।
माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा भने आर्थिक मामिला तथा योजना मन्त्री थिए। प्रदेश प्रमुखले सरकार बनाउन आज साँझ साढे ६ बजे सम्मको समय दिएका छन् । साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर दावी पेश गर्ने तयारी छ।


प्रतिक्रिया