मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोटरी क्लव अफ रत्ननगरले मनायो आफनो २४ औं पदस्थापन कार्यक्रम

रोटरी क्लव अफ रत्ननगरले मनायो आफनो २४ औं पदस्थापन कार्यक्रम

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ६ साउन । रोटरी क्लव अफ रत्ननगले आफनो २४ औं पदस्थापन कार्यक्रम मनाएको छ । रोटरी क्लब अफ रत्ननगरका बर्ष २०२३-२४ का अध्यक्ष हरिकुमार श्रेष्ठले रोटरी बर्ष २०२४-२५ का अध्यक्ष विरञ्जना घिमिरे सापकोटालाई शनिबार पदभार हस्तान्तरण गर्नुभएको हो ।

नयाँ समितिलाई कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका शेरचनले नवनिर्वाचित सबै पदाधिकारी सहित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । रत्ननगरलाई साँच्चै नगर जस्तो बनाउन रोटरीमा महिला सदस्यको सहभागीताले पनि निकै ठुलो अर्थ राख्ने शेरचनको भनाइ छ ।

कार्यक्रममा बर्ष २०२३-२४ का अध्यक्ष श्रेष्ठले क्लवमा रहँदा आफ्नोे कार्यकालमा गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।