मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

न्यूजस्टोरी

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका हुन् । कांग्रेस–एमाले गठबन्धन बनेसँगै माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको थियो ।

सरकार अल्पमतमा परेसँगै उनले सोमबार सदनमा विश्वासको मत लिने तयारी गरेका थिए । तर, सदन सञ्चालन हुने अन्तिम समयमा उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । सदनमा सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका नाममा ठूला दुई दलले देशमा भएको परिवर्तनलाई मास्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस–एमालेवीच भएको सहमति सार्वजनिक गर्न समेत माग गरेका छन् ।

उनले राजीनामा दिएसँगै वाग्मतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका हुन् । कांग्रेस संसदीय दलको वैठकले उनको नेतृत्वमा नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरिसकेको छ । वाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुन लागेको हो ।